माघ ०९, नुवाकोट
Full Video
नुवाकोट जिल्ला सामरी-०६, मैवलमा पहिलो पल्ट राष्ट्रिय कलाकार सहितको २८५३ औं सोनाम ल्होछार ज्याल्हो 'चरा वर्ग" विशेष सांस्कृतिक कार्यक्रम सफलताको साथ सम्पन्न भएको छ। सोनाम ल्होछार माघ १५ गते भएनि कलाकारहरुको टाइम नमिल्ने भएर पहिले नै गरेको आयोजकको भनाई थियो। उक्त सांस्कृतिक कार्यक्रममा लोक दोहोरी मोडल तथा डान्सर रश्मी तामाङ्ग, लोक दोहोरी गायिका कोपिला गुरुङ्ग, हास्यकलाकार नीर आले मगर, म्हेन्दोमाया गायक सागर एस्. वाईबा, लोक दोहोरी तथा म्हेन्दोमाया गायिका रितु लामा, म्हेन्दोमाया गायिका टीका माया चेथेन, मोडल तथा डान्सर शिल्पा तामाङ्ग र सुनिता वाईबाले आ-आफ्नो प्रस्तुती दिएका थिए भने स्थानिया कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए। निर्धारिक समय भन्दा ढिलो सुरु भएको कार्यक्रममा सभासद् बहादुर सिंह लामाको प्रखुक अथिती थियो भने कार्यक्रमको सभापतित्व गाँउकै समाज सेवी मीन बहादुर गुरुङ्गले गर्नु भएको थियो। लामा र गुरुङ्गका अतिरिक्त राजनैतिक दलका सदस्य, समाजसेवी तथा वुद्धिजीवीहरुको बाक्लो उपस्थिती थियो। कार्यक्रम २०७२ साल बैशाख १२ गतेको भूकम्पले भत्को रिगसाङ लिङ्ग वौद्ध गुम्बा निर्माणार्थ भएको आयोजकको भनाई छ। गुम्वा परिसरमा भएको कार्यक्रममा दर्शकको राम्रो उपस्थिती थियो। कार्यक्रम हेर्न छिमेकी गाउँहरुबाट ठूलै संख्यामा मानिसहरु मैवल झरेका थिए।
प्रस्तुत छ उक्त कार्यक्रमको फोटो फिचर।
Trailer Video of Sonam Lhochhar 2853 [2073] 2017
Full Video
No comments:
Post a Comment