असोज १५, गोल्फुटार: आज गोल्फुटारमा दुई छुट्टछुट्टै कार्यक्रम हुँदै छन्। एक तर्फ १६ औ इन्द्र बहादुर स्मृति फूटवलको फाइनल छ भने अर्को तर्फ बडा दसैंको अवसर पारेर राज कुमार तामाङ्गले आयोजना गरेको महाँकाल थान चंगा प्रतियोगीताको श्री गणेश छ। फूटवल अघिल्लो शनिबार देखि सुरु भएको हो भने चंगा प्रतियोगीता पनि आजबाट सुरु भएर एक हप्ता चल्ने स्रोतले जनाएको छ। चंगाको फाइनल आगामी शनिबार फूलपतिको दिन हुनेछ।
१६ औ इन्द्र बहादुर स्मूति कपको फाइनलमा फेरा क्लाब र रामसीता भिड्दै छन्। प्रतियोगीताको सुरु देखि नै दाबेदारको रुप देखिएको फेराले सेमी-फाइनलमा बाँसवारीलाई २ को विरुद्ध ३ गोलले पाखा लगाएको हो भने रामसीताले मजेरीलाई २ को विरुद्ध ४ गोलले पन्छाउँदै आफ्नो फाइनलको यात्रा तय गरेको हो। अघिल्लो खेलहरुमा राम्रो खेल प्रस्तुत गर्दै आएको मजेरीले सेमी-फाइनलमा पुरानो लयलाई निरन्तारता दिन नसक्दा हारेको हो।
आजको फाइनल खेल आयोजकका अनुसार दिउँसो २ बजे बाट सुरु हुने जनाएको छ। यस प्रतियोगीताको विजेताले रु.२५,०००।- नगर, ट्रफी र प्रमाणपत्र पाउने छ भने उप-विजेताले रु.१०,०००।- सहित ट्रफी र प्रमाणपत्र पाउने छ। यसै गरी स्रोतका अनुसार व्यक्तिगत तर्फ उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डेफेन्डर, उत्कृष्ट खेलाडी र हाई स्कोररलाई नगद र ट्रफी प्रदान गरिने जनाएको छ। खेल महाँकाल युवा क्लाबको मैदानमै हुनेछ।
-तामाण्डास
No comments:
Post a Comment