दसैं हर्ष र उमंगको चाड हो । दसैलाई हिन्दूहरुको चाड भनिए तापनि नेपालमा सवैले आ-आफ्नै शैलीमा मनाइ रहेको हुन्छ। यस्तै हर्ष र उमंगको चाड दसै नेपालीहरुको घर आँगनमा आइसकेको छ। दसै भन्ने वित्तिकै हामी चंगा उडाउने र अरुको चंगा च्याट गर्ने कुरा सम्झिन पुग्छौ। यदि तपाइँ पनि यस्तै सोचिरहनु भाको छ र तपाइँलाई चंगा उडाउन आउँछ भने अब तपाइँ तयार भएर बस्नु होला किनकी अब तपाइँले चंगा उडाएर रमाइलो गर्नुका साथै पुरस्कार पनि जित्न सक्नुहुने भाको छ। तर, यसका लागि भने तपाइँले केही प्रकृया पुर्याउनु पर्ने हुन्छ। किनभने यही असोज १५ गते गोल्फुटारको महाँकालथानमा चंगा च्याट प्रतियोगीता हुने भाको छ। यस चंगा च्याट प्रतियोगीताको आयोजना राज कुमार तामाङ्गले गर्नु भाको हो। प्रतियोगीताको नाम "महांकाल थान चंगा प्रतियोगीता २०७३" रहेको छ। प्रतियोगीताको विजेताले खशी उपहार पाउनुहुनेछ। अन्य जानकारी तल......
-फोटो स्रोत: सचिन वस्नेत
No comments:
Post a Comment