के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

12 March 2015

Useful of maize

मकै

मकै लोकप्रिय अन्‍न हो। अधिकांश एसियाली देशमा मकैको खेती हुन्छ। मकै भुटेर खाँदा पनि स्वादिष्‍ट हुनुका साथै यसमा भरपुर पौष्‍टिक तत्त्व पनि हुन्छ। कुनै बिरामी वा कमजोरी भयो अथवा रगतसँग सम्बन्धित स्वास्थ्य समस्या समाधानका लागि मकै उपयोगी हुन्छ। मकैको उपयोगी यस्तो छ:

क्षयरोगीका लागि
क्षयरोग लागेको व्यक्तिलाई मकैको रोटी सेवन गराए लाभ हुन्छ। ज्वरोले ग्रस्त भएको व्यक्तिलाई मकै खुवाउँदा राम्रो हुन्छ। मकैले एक पूर्ण आहाराको काम गर्नका साथै शरीरलाई ऊर्जा प्रदान गर्छ।

रगत बढाउँन
मकैको दाना उमालेर खाँदा आमाशय मजबुद हुन्छ। किनकि मकैमा रगत बढाउने तत्त्व हुन्छ। रक्तअल्पताको समस्या भएकाले एक महिनासम्म लगातार मकै उमालेर खाए रक्तअल्पता सम्बन्धी समस्या समाधान हुन्छ।

मिर्गौलालाई राम्रो गर्छ
मकैलाई सफा गरेर पिउने पानीमा उमाल्नुहोस्। मकै उमालिएको एक गिलास पानीमा मह मिसाएर राख्‍नुस्। त्यपछि मकैको दाना चपाउनुस् र अन्तिममा पानी पिउनुस्। यसले मिर्गौला तथा मूलप्रणाली राम्रो बनाउँछ। मिर्गौला सफा राख्‍ने उत्तक उपाय हो।

बच्चाले ओछ्‍यानमा पिसाब फेर्दैनन्
२० ग्राम मकै पिसेर त्यसलाई एक गिलास पानीमा राखेर एक चम्चा मह राखी दिनमा तीनपटक बच्चालाई खुवाए ओछ्यानमा पिसाब फेर्न छाड्छन्।
रुघा लागेको वेला आराम
मकै भुटेर त्यसको सातु बनाउँनुस्।  त्यसमा आफ्नो स्वाद अनुसार सिधेनुन हाली एक दिनमा चारपटक एक चम्चाको दरले फाँको खानुस्। त्यसले रुघाखोकीबाट मुक्ति दिन्छ।

लहरे खोकी निको हुन्छ
मकैको दाना निकालेर त्यसलाई डढाई खरानी बनाउँनुपर्छ। त्यसमा एक चिम्टी महमा राखेर दिनको दुई-तीनपटक खाँदा लहरे खोकी निको हुन्छ। त्यसैगरि मुटुको कमजोर हटाउन पनि मकै उपयोगी हुन्छ। त्यसको लागि मकैको खरानी महमा नभई मक्खनमा मिलाएर खानुपर्छ।

मिर्गौलाको कमजोरी हटाउँछ
ताजा मकै पानी उमालेर त्यसमा मिश्री मिलाई नियमित पिउँदा पिसाब पोल्ने र मिर्गौलाको कमजोरी ठीक हुन्छ।


-स्रोत: पत्र पत्रिका (पत्रिकाको नाम चाहि थाहा भएन)

No comments: