मिति: २०७०-०९-२५
गोल्फुटार, काठमाण्डौँ
पूजनीय
नेपाल आमा,
सेवा ढोक ।
यहाँको हाल जस्तो हुने पर्ने हो
त्यस्तो छैन । खबर पनि बेहाल नै छ । त्यहाँ हजुरको कस्तो छ भनी सोधि रहनु नपर्ला ।
जे जस्तो भए नि, कामना गर्दछु कि अब आउने दिनहरु राम्रो होस् भनेर । अन्य दाजुभाइ दिदीबहिनीहरुको
पनि हालद यस्तै छन् । कसैले पनि निर्धक्कसँग, म आरामै छु, सन्चै छु, भन्ने ठाउँ नै
छैन । हजुरको बारेमा अरु के बुझ्नु छ र सब आफ्नै आँखाले देखेकै छ ।
सन्चो विसन्चो र कुशल मंगल त त्यही
हो, खासमा मैले हजुरलाई हालको केही घटनाहरुको बारेमा अलिकति जानकारी दिन मात्र
चाहेको हो । नेपाल आमा, हजुरले अनुभाव गर्नु भयो कि भएन म यकिन गरेर त भन्न सक्दिनँ
। तर हाम्रो परिवारमा ठूलो बज्रपात भैरहेको छ । दिदीहरु त अलि शान्त नै देख्छु तर
दाजुहरु भने हानाहानको स्थीतिमा पुग्नु भएको छ । अस्ति कम्पनीको तेतृत्वको लागि
चुनाव त शान्तिपूर्ण रुपमा सम्पन्न भयो तर Adviser, COO, DM, CM, GM, Manager र Accountant को को बन्ने भनेर दिनहूँ दाजुहरु तँ तँ
र म म गर्दै हुनुहुन्छ । वैद्य दाजु त अफिस नै नजाने भनेर घरमै बस्नु भएको छ । ठूल्दाइ
र माइलो दाजुको पहिले राम्रो उठ्बस् थियो अहिले अलि चिसेको सुन्छु । साइलो दाजुले
त विना परीश्रम खेताला आको खेतालालाई नै काम राम्रोसँग नगरेको भन्दै खुब गाली
गर्नु भो । अन्य दाजुहरुको पनि हालद यस्तै छ । केही दाजुभाउजुहरुको त सम्बन्ध
विच्छेदको कुरा पनि सुनेको छु ।
नेपाल आमा, यसपालि पनि हाम्रो कम्पनीले
समयमै कम्पनी विधान बनाउन सकेन भने हामीले छिमेकीहरुसँग शिर उठाएर हिँड्ने अवस्था
आउदैन । कम्पनी विधाननै छैन भने हामीले अन्य कम्पनीहरुसँग कसरी प्रतिस्पर्धा गर्ने
। हाम्रो कम्पनी पहिले देखि नै नोक्सानमा भएको कुरा त मैले हजुरलाई बुझाइ रहनु नपर्ला
। कम्पनीको अस्तिको चुनाव पनि हाम्रो दाजुहरुले नसकेर मित दाजुहरुले गर्दिनु भएको
हो । अझै पनि हाम्रो दाजुहरुको बुद्धि आएन भने फेरि पनि मित दाजुहरुसँग गोहार मागेर
कम्पनी विधान बनाउन हात जोड्नु नपर्ला भन्न सकिन्न । कम्पनी विधान नभएर हाम्रो
कम्पनीको हरेक कार्य ठप्प छ । ठोल्दाजुहरुको यस्तो हर्कतले गर्दा विकास दाइ र
उन्नति दिदीले घर छोडेको पनि वर्षौ भयो ।
नरिसाउनु होला नेपाल आमा, यस्तो
हुनुमा हजुरको पनि ठूलो हात छ जस्तो लाग्छ । किनभने हजुर जोवनीमा अनेकौँसँग हिँडेर
दुनियाँको पेट बोकेर धेरै बाउको सन्तान नभएको भए आज यस्तो हुने थिएन होला । आज
एउटै आमाको छोराछोरी भए पनि बाउ फरक भन्दै झगडा गरिरहेका छन् ।
हाम्रो परिवारमा यस्तो तहल्का देखेर
धोती भैयाले वुद्ध दाजुलाई उहाँको लुम्बिनीमा रहेको घरलाई विहारमा सारेर उतै
राख्ने धम्की सम्म दिदै आएका छन् । वुद्ध दाजुकी छोरी शान्ति पनि बेपत्त छ ।
भन्नेहरुले यस्तो पनि भनेका छन् की शान्ति भतिजीलाई लेनिन, माक्सिस र माओ मध्ये
एकले भगाएर गोप्य ठाउँमा राखेको छ रे ।
नेपाल आमा हजुरले अनुभाव गर्नु भाको छ
कि छैन होला । हजुरको खुट्टा र हातको नङहरु पनि भैयाहरुले दिन दिनै काट्दै छ । नङ
सकाएर मासु नै काट्न लाग्दा नि दाजुहरु भने कानमा तेल हालेर बसेका छन् । प्रकृतिको
धनी भएर नि सही सदुपयोग हुन सकेको छैन । हाम्रा दाजुहरु छिमेकीहरुसँग भिग माग्न र
सापटी लिन जानुहुन्छ । दाजुहरुले सापटी लिएको रिन तिर्न नसकेर कतै हाम्रो कम्पनी
नै लिलाम हुने त होइन भन्ने डर पनि लाको छ । म त बुझ्ने र जे पर्ला त्यो टर्न सक्ने
भाको छु, तर म भन्दा साना भाइ-बहिनीहरुलाई कसले हेर्छ । उनीहरु जाडोमा कामेर
रुन्छन् । भोकले रोइरहेका छन् । कति भाइबहिनीहरु त खुल्ला आकास मुनि दिन-रात,
घाम-पानी र जाडो-गर्मी नभन्दै बस्न वाध्य छन् । म पनि उनीहरुको यस्तो दर्दनाक
स्थिति हेर्न वाध्य छु । पृथ्वी हजुरबाले आर्जेको हाम्रो यो कम्पनीलाई आज उहाँको
नातिहरुले भाग बन्डा गर्दैछन् । हाम्रो कम्पनीलाई अमर काकाले पनि देश विदेशमा
चिनाउनु भो र कम्पनीलाई स्थिरमा राख्न अनेक हन्टर खानु भो । तर आज उहाँका
भतिजहरुले उहाँले बनाइ राखेको प्रसिद्धि मेटाउन लागिपरेका छन् । भृकुटी र सीता फुपुले हाम्रो कम्पनीलाई प्रचार
गरेको कुरा पनि आज म झल-झली सम्झिदै छु । अरानिको काकाले हाम्रो कम्पनीको नेतृत्व
गरेर माथिल्लो घरको परिवारको मन जित्न सकेको थियो तर आज उहाँ जस्तो प्रतिभावान् को
छन् र यहाँ ।
कम्पनी विधान विना पनि हाम्रो अफिसमा
सानो तिनो काम त भइरहेका छन् तर उक्त कामहरु पनि दिनहूँको लोड सेडिङ्गले सोचे जस्तो भइरहेको
छैन । अनेकौ कारण देखाइ धेरै भतिजभतिजीहरु छिमेकी कहाँ खेताला गएर विहान वेलुकीको
छाक टर्न वाध्य छन् ।
अरु धेरै के कुरा लेखुँ, “गाला भरी
आँशु लिएर हाँस्नु परेको छ, मुटु माथि ढुङ्गा राखी बाँच्नु परेको छ” भन्दै, हाम्रो
यस्तो दूर दशा माथि भोले बाबाको सु-दृष्टी होस् भन्ने कामनाको साथ
विदा हुन चाहन्छु । धन्यवाद !
उही हजुरको अभागी सन्तानहरु
आइसिंह तमाङ्ग र अन्य छोराछोरीहरु
www.tamandas.blogsppot.com
No comments:
Post a Comment