के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

31 January 2013

तामाङ ल्होछार र यसलाई मनाउने तरिका Tamang New Year and process of it's celebration


                    तामाङ ल्होछार चन्द्र महिनाको पहिलो दिनमा मनाउँने चाड हो । यो चाड तामाङहरुको नयाँ वर्ष हो । यो चाड ज्योतिषशास्त्र अनुसार माघ शुक्ल पक्ष प्रतिपदा परेवाको दिनमा पर्छ । चन्द्र पात्रोमा आधारित भएको कारण यो चाडलाई चन्द्र महिनाको पहिलो दिन अर्थात् माघ शुक्ल पक्ष प्रतिपदा परेवाका दिन मनाइन्छ । तामाङहरुको ल्होछारले प्रत्येक वर्षलाई एउटा जीवजन्तु वा पन्छीले प्रतिनिधित्व गर्छ । वर्ष र जीवजन्तु वा पन्छीको सम्बन्ध कसरी, किना छ र कहिले सुरु भायो भन्ने कुरामा फरक किम्बादन्तीहरु निम्ति अनुसारका छन्:

(क) संसारको सम्पूर्ण प्राणीहरुलाई भगवान बुद्धले परिनिर्वाण हुनु पूर्व भेला हुन निम्त्याउनुभएको थियो । निम्तो मान्न भेला भएका प्राणीहरुमध्ये १२ प्राणीहरुलाई डाकेर उनीहरुलाई भगवान बुद्ध सामु सबैभन्दा पहिले आइपुग्नेको नामबाट क्रमशः एक-एकलाई एउटा वर्ष गरी नामाकरण गर्नुभएको थियो ।
(ख) जाड बादशाहले एकपटक सबैभन्दा छिटो कुन प्राणी रहेछ भन्ने थाहा पाउन एउटा प्रतियोगिताको आयोजना गरेका थिए । बादशाहले, तोकिएको नदी पार गर्ने (तर्न सक्ने) प्रथम १२ प्राणीहरुलाई धर्तीको १२ हाँगाको रुपमा चन्द्र पात्रोको वर्ष चक्रमा समावेश गर्ने निधो गरेका थिए । यो प्रतियोगितामा गोरुले पौडन कमजोर विरालो तथा मुसालाई आफ्नो ढाडमा (आङमा) बोकेर खोला तारी प्रतियोगितामा सहयोग गर्ने बाचा गरेका थिए । नदी बीचमा पुगेपछि मुसाले विरालोलाई धकेली दिए र आफू भने खोला तरिसकेछि गोरुको ढाडाबाट फुत्त उफ्रेर पहिलो भए र विरालोले प्रथम हुने १२ प्राणीहरुमा पर्ने मौका गुमायो । मुसा पहिलो भएकाले वर्ष चक्रमा पहिलोमा, दोस्रोमा गोरु परे भन्ने उल्लेख गरिएको छ ।
(ग) ल्हो –खोर्लोमा चिनिया परम्परामा बाहेक भियतनाम, नेपालमा तामाङ र गुरुङहरुमा खरायो वर्षलाई विरालो वर्षको रुपमा पनि गणना गर्ने चलन छ । तामाङ जातिमा ल्होछार परम्परा चन्द्र वर्षको चन्द्र महिनालाई तामाङ भाषामा ‘ख्रेला’ भनिन्छ । चन्द्र महिनाको पहिलो दिन नै तामाङहरुको वर्षारम्भको दिन हो । १२ औं चन्द्रमहिना ‘तापाला’ दोप्पा सकेर ‘ख्रेला छेपा गी’ नयाँ चन्द्रमा उदाउने दिन बाट ल्हो (वर्ष) फेर्दछ । यो महिना सौर्य पात्रोअनुसार पुस-माघ शुक्लपक्ष प्रतिपदा परेवाको दिन पर्दछ । यही दिनदेखि चीनमा पनि चिनिया चन्द्र वर्षको चन्द्र महिनाको पहिलो दिन अर्थात् चिनिया चन्द्र वर्षको चन्द्र महिनाको पहिलो दिन अर्थात् चिनिया चन्द्र नयाँवर्ष आरम्भ हुन्छ । यो विश्‍वभर प्रचलित पाँच तत्वहरुको संयोजन रहेको १२ वटा जिवजन्तु र पन्छीहरुको नाममा आधारित ल्होखोर्लो (वर्षचक्र) परम्परा जो चन्द्रपात्रो परम्परामा आधारित छ । तामाङहरुले सदियौंदेखि नै यहि ‘ल्होखोर्लो’ वर्षचक्रको आधारमा नै आफ्नो उमेरको गन्ति गर्ने, कति वर्ष भयो ? भनेर गणना गरी आएको थियो/छ । तामाङहरुको वर्तमान भूगोलमा आफ्नो राज्यसत्ता नरहेपछि झण्डै अढाई सय वर्षदेखि यो परमपरा कथ्यमा मात्र सिमित हुँदै गए र तामाङहरुले आज २१ औं शताब्दी सम्म आइपुग्दा आफ्नो लिखित ज्योतिषशास्त्र र पात्रोको अभावमा, यो ऐतिहासिक वर्ष चक्रपरम्परालाई नेपाली माघ महिनातिर फेर्दछ भन्ने सम्झनालाई लगातार सन् १९९० को दशकसम्म आइपुग्ने गरी मौखिक र कथ्य रुपमा भए पनि साँचेर राख्न सफल भए । तर आज समयले कोल्टे फरिसकेको छ । माघमा ल्हो फेर्छ भन्ने पुरानो मान्यता वैज्ञानिक रुपमा पुष्टि भइसकेको छ । किनभने तामाङहरुको माघमा ल्हो फेर्छ भन्ने त्यो मान्यतासँग चिनिया ज्योतिष तथा चन्द्रपात्रो परम्पराको वर्ष फेर्ने दिन ठ्याक्कै मेल खान्छ । चिनिया ज्योतिषशास्त्र र परम्परागत चन्द्र वर्षचक्र प्रणालीको प्रथम चन्द्र महिनाको प्रथम दिन वा वर्ष फेरिने दिनले नेपाली माघ महिनासँग सरोकार राख्दछ अर्थात् चन्द्र नयाँवर्षको पहिलो महिनाको पहिलो दिन जसलाई ज्योतिषशास्‍त्र वा खगोलशास्‍त्रको भाषामा माघ शुक्ल पक्ष प्रतिपदा परेवा वा तामाङ भाषामा “ख्रेला छेपा गी” भनिन्छ । भारतीय सूर्य पात्रोमा माघ महिना दशौं सूर्य महिना हो र माघ शुक्ल पक्ष प्रतिपदा परेवाबाट सुरु हुने दिन वा महिना चन्द्र महिना हो । तसर्थ तामाङहरुले माघमा ल्हो फेर्छ भन्ने मान्यता सत्य हो । माघ शुक्लपक्ष प्रतिपदाबाट शुरु हुने चन्द्र महिना अर्थात् ‘ख्रेला’ एसियाली तथा चिनिया चन्द्र वर्ष परम्पराको पहिलो चन्द्र महिना हो । तामाङ भाषामा ‘छेपा’ को अर्थ महिना वा तिथि सम्बत् आरम्भ या प्रारम्भ वा सुरुवात हो र ‘गी’ को अर्थ प्रथम वा पहिलो वा गन्तिको आरम्भ हो । त्यसरी नै चन्द्र महिनाको अन्तिम दिन औंसी हो जसलाई तामाङ भाषामा “दोप्पा” भनिन्छ । ‘दोप्पा’ को अर्थ निस्पट अँधेरो वा ‘लाङी दोवा” चन्द्रामा फर्कनु हुन्छ । अर्थात कालो या नराम्रो दिनहरु सकेर राम्रो जुनेली दिनहरुको सुरुवात हुनु (New Moon Day or starting of new Month) हो । तामाङहरुको पहिलो महिना ख्रेला हो । यो वर्ष प्रणालीमा वर्षहरुलाई वर्षचक्र –ल्होखोर्लो) मा १२ जीवजन्तुहरुको नामबाट पुकारिन्छ । जसको तामाङ नामाकरण क्रमशः
१) जीवा-मुसा (ङ्याम्ङ्यु-नाम्युङ)
२) लङ-गोरु (ग्लाप)
३) ता-बाघ (च्यान)
४) हे-खरायो-विरालो (खरा-तावर-गुरी) 
५) ब्रुब-गरुड (मु–पुख्री) 
६) ब्रुल-सर्प (सा–पुख्री)
७) ताग-घोडा (ताबु-ता) 
८) लुग-भेँडा (थ्यु-ग्यू) 
९) प्रे-बाँदर (माकार-तीम्ङ्यु) 
१०) ज्या-पन्छी (नामे-ङयाम्ङ्या-नाका)
११) खी-कुकुर (नाकी) 
१२) फा-बँदेल (डोवा-तीली) 

यसलाई १२ वर्षचक्र “ल्होकोर च्युनी वा ल्होखोर च्युअीङी” भनिन्छ । यो ल्होकोर च्युङीसँग अगाढ सम्बन्ध राख्ने पाँच तत्वहरु अर्थात् ‘खाम– ङा’ तामाङ भाषामा निम्न अनुसार छन्:
क) सीङ-काठ(Wood) 
ख) मे-आगो (Fire) 
ग) सा-पृथ्वी/जमिन (Earth) 
घ) फाअी-फलाम (Iron) र 
ङ) क्युअी-पानी (Water)

यी खामहरुको पनि दुई प्रभाव ‘याब र युम’ पुरुष र स्त्री हुन्छ । यो पाँच खाम चक्रले एउटा १२ वर्ष चक्र पुरा गर्दा ६० वर्ष, एक राब्ज्युङ ल्होकोर अर्थात् बृहस्पति वर्षचक्र पूरा हुन्छ । यसैलाई एक सम्वत् भनिन्छ । तामाङ्ग भाषामा चन्द्रमालाई ‘लनी या लाङ’ भनिन्छ । चन्द्रमा ‘लानी’ बाटै तामाङ भाषामा ‘महिना’ लाई “ला” भनिएको हो । वर्षहरुको जस्तै १२ चन्द्र महिनाहरुको तामाङ भाषामा नाम यसप्रकार छ । १२ चन्द्र महिनाहरुको नाम क्रमशः
१) ख्रेला (पुस-माघ)
२) बेनेला (माघ-फागुन)
३) नाम्दुङला (फागुन-चैत्र) 
४) दुगुला (चैत्र-वैशाख)
५) डोवाफ्रेला (वैशाख-जेष्ठ) 
६) ब्याल्बोला (जेष्ठ-असार)
७) गोनेला (असार-श्रावण) 
८) यान्देला (साउन-भदौ) 
९) म्हेनीङला (भदौ-असोज) 
१०) सोकरातीला (असोज-कार्तिक)
११) बोअीतापाला (कार्तिक-मंसिर) 
१२) तापाला (मंसिर-पुस)

त्यसैले तामाङहरुको प्रचलनमा रहेको ‘ल्होखोर्लो’ लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐतिहासिक खगोलशास्त्रीय तथा ज्योतिषशास्त्रीय मान्यताका आधारहरुसँग तुलना गरेर हेर्ने हो भने सौर्य पात्रोको आधारमा सृजना भएको माघे संक्रन्ति (दशौं सूर्य महिना माघ १ गते) हाम्रो ल्हो फर्ने दिन होइन । तामाङहरु “ल्होछार पर्व” मा “ल्होछार पर्व” अन्तर्राष्ट्रिय रुपमा “माघ शुक्लपक्ष प्रतिपदा” (चन्द्रमाघ महिना) को पहिलो परे पनि मनाउने तरिका देशैपिच्छे र समुदायको सांस्कृतिक परम्परा अनुसार भिन्ना भिन्नै पाइन्छ । यस्तो भिन्नता भूगोल, वस्तु (उत्पादन र उपलब्धता), त्यो देशको बजारव्यवस्था र अर्थतन्त्र तथा सांस्कृतिक नीतिका कारणले पनि भएका छन् । तापनि “ल्होछार” मान्ने पद्धतिलाई समग्रमा तीन भागमा बाँडेर अध्ययन गर्न सकिन्छ । साँस्कृतिक चाड ल्होछारलाई नेपालको नेपाल तामाङ घेदुङ, भारतका अखिल भारतिय तामाङ बौद्ध संघ र सिक्किम तामाङ बौद्ध संघले प्रथम चन्द्र महिनाको प्रथम दिन (ख्रेला छेपा गी –परेवा) देखि पञ्चमी (श्रीपञ्चमी) का दिनसम्म बडो धुमधामले मनाउने निर्णय गरेको कुरा उपरोक्त तामाङ संघहरुले ल्होछार सम्बन्धमा प्रकशन गरेको अपिलहरुमा उल्लेख छ । जस अनुसार नेपाल तामाङ घेदुङले पानी पुरुष घोडा वर्षमा प्रकाशन गरेको पर्चामा निम्नानुसार ल्होछार मनाउने तरीकाको उल्लेख गरिएको छ । ती हुन्
१) ल्होछारको पूर्व तायारी (Lhochhar Preparation)
२) ल्होछारको पूर्वसन्ध्या (Lhochhar Eve) 
३) ल्होछारको दिन (First day of Lhochhar) र
४) ल्होछार पश्चात् (Past Lhochhar)

१) ल्होछारको पूर्व तयारी (Lhochhar Preparation): सामान्यतया ल्होछार आउनु भन्दा एक महिना अगावै “ल्होछार” को तयारी शुरुवात हुन्छ । नयाँ वर्ष लाग्नु भन्दा पहिले “नसकिएका” कामहरु सम्पन्न गर्ने, अप्रीय घटनाहरु नदाहोरिउन् भनी कर्मकाण्ड गर्ने गर्दछन् । तसर्थ पुरानो वर्षाको १२ औं महिनाको अन्तिम दिनहरुमा गाउँ टोल, बाटोघाटो, आँगन, चौतारा, पानी पधेँरो, गोठ आदि मर्मत, सफासुग्घर र लिपपोत गर्दछन् । खानापिनाका लागि आवश्यक सामग्रीहरु सामल, अन्नपात, आलु, भ्याकुर, तरुल आदि फलफूलहरु, कन्दमुल र पूजाका सामग्रीहरु तयार गर्दछन् । अन्तिम दिनमा, हरेक परिवारले ल्होछारको दिन कुलदेवताको थान वा देवीदेवताको थान मा आगामी वर्ष राम्रो खेती बालिनाली होस् भनी प्रार्थना गर्नका लागि बीउबीजमा पानीमा भिजाई टुसा आउने पार्दछन् । 

२) ल्होछारको पूर्व सन्ध्या (Lhochhar Eve): पुरानो वर्षको अन्तिम दिन मानिसहरु बत्ति बाल्नु तथा चढाउनुका लागि गुम्बाहरुमा जान्छन् र दिउसो संचलन हुने उत्सवहरुमा भाग लिन्छन् । धेरै कर्मकाण्डहरु खराव वा मार वा अमकुशल प्रेतात्मा वा लामाहरुले मारमाथि सत्यको विजय देखाउने खालका मकुण्डो नाच देखाउने गर्दछन् हरेक व्यक्तिले ल्होछारको पूर्वसन्ध्यालाई पूरानो वर्षबाट बाधा विरोध दिने, चिताएको कुरा पूरा हुन नदिने, रोगब्याधी आदि खराब वा मारलाई दमन गर्ने र त्यस खराब मारबाट नयाँ वर्षलाई मुक्त गर्ने अवसरका रुपमा हेर्दछन् । सामान्यतया ल्होछारको पूर्व सन्ध्यामा निम्न कार्यहरु गर्दछन् । 
क) आ– आफ्नो थर, कुल र वशंको परम्परा अनुसार कुल पूजा गर्ने र परिवारमा सुख शान्ति, समृद्धि र स्वास्थय लाभको लागि पितृहरुबाट आर्शिवाद तथा शक्ति माग्ने । 
ख) फिर्ने ल्होको मानिस भएमा उसको ग्रह चल्छ भन्ने मानिन्छ । त्यसैले ल्हो खोर्लो बनाएर ग्रहदशा फाल्ने । 
ग) अगामी वर्षमा अन्नबाली राम्रो होस् भनी डालोमा बीउविजन राख्ने तथा टुसा आएको बिउबिजन राखी पूजा पाठ गर्ने ।
घ) परिवारका सबै सदस्यहरु भेला भई भोज खाने, आकासवाजी गर्ने, मनोरत्तजनात्मक नाचगान तथा रमाइलो ठट्टा गरी नयाँ वर्षको प्रारम्भ नभएसम्म बस्ने । 
ङ) अँध्यारोलाई उज्यालोले हटाए जस्तै परिवारमा सँधै उज्यालो र खुसियाली आओस् भनी बेलुका बालेको बत्ती रातभर बाली राख्ने वा आकाश बत्ती बनाएर घर –आँगनमा रातभर बाली राख्ने । 

३) ल्होछारको दिन (Lhochhar's Day): २८४९ औं लुग ल्होछारको पहिलो दिन अर्थात् २०६९ माघ २९ गते । यस दिन मूलतः निम्न कार्यहरु सम्पन्न गरिन्छन्ः
क) छो चढाउनेः ल्होछारको दिन घरमुली, घरको जेठोबाठो वा घरको अन्य कुनै सदस्यले सबेरै नुहाएर सफा भएर आफ्नो घरमा भएको लाखाङ वा छ्योयीखाङ र सो नभएमा भगवान गौतम बुद्धको कु वा तस्वीर राखी चोखो पानी, साङ छमार वा फेमार दुची (दुअीछ्यु) तथा छो (फलफूल, कन्दमुल, (आलु,भ्याकुर,तरुल, खाप्से गेङ, बाबर गेङ, आदि) पकवानहरु राखी साङसेरग्याम गर्ने । भगवान तथा पूर्खाहरुप्रति धन्यवाद ज्ञापन गर्ने र पर्याप्त खान, लाउन, बस्न तथा धनधान्य, समृद्ध परिवारको लागि आर्शिवाद माग्ने । पूजामा चढाएको “छो” दुअी, फेमर आदिले पाहुनाहरुलाई नयाँ वर्षको सगुन तथा प्रसादको रुपमा स्वागत गर्ने । 
ख) दर्जु उठाउने: नयाँ ल्हो को आगमनले (ल्होछार) ले समस्त जगतकै प्राणीहरुको रक्षा एवं कल्याण गरुन् भनी मंगलमय कामना स्वरुप ल्होछारको प्रतिकको रुपमा घर आँगन तथा गाउँ वरिपरिका डाँडाहरुमा, गुम्बा, मठ–मन्दिरहरुमा लुङदर-दर्ज्यु गाड्छन् । फहराउँछन् । लामालाई आफ्नो ल्हो अनुसार ची (पात्रो) हेराई भने अनुसारको दर्जु राख्न सकिन्छ । लामा नभएमा पाँचै रङ्गको दर्जु राखे हुन्छ । त्यसो पनि नभेटेमा आकाशे रङ्गको दर्जु राख्नु राम्रो हुन्छ । उक्त दिन दर्जु नराखेमा बसन्त पञ्चमीको दिन विहान सबेरै दर्जु उठाउनु राम्रो हुन्छ । दर्जुसँगै धुपबत्ती बाल्ने र केम (स्याल्गर) चढाउने गरिन्छ । पहिलो दिन दर्जु राख्नु सकिन्छ । 
ग) आर्शिवाद तथा शुभकामना दिने लिने : पूजा आजा सकेपछि सुख, शान्ति निरोगिता र दीर्घायुको लागि सबै सदस्यहरुलाई परिवारको ज्येष्ठ व्यक्तिबाट टीका तथा खाता आर्शिवाद स्वरुप दिने र सानो साइनोकोले आफूभन्दा ठूलालाई पनि ढोग, खादा चढाई वा उपहार दिई सुख शान्तिको कामना गर्ने । भोज भत्तेर खाने । साथीसंगीसँग मिलेर केम लिने, रमाइलो गर्ने तथा तीर खेल्नु जाने । साथै, आफूले मान्नु पर्ने व्यक्तिहरुका आशिर्वाद लिनु जाने र आफू कहाँ आउने पाहुनालाई पनि स्वागत गर्ने । माघे संक्रान्तिमा गरि आएको सबै काम यस दिन गर्ने । पहिलो दिन वा पञ्चमी भित्रमा ल्होछारको उपलक्ष्यमा सामुहिक समारोह गर्ने र सो समारोहमा संयुक्त रुपमा धर्जु उठाई सबैले “ल्ह ग्वले दुद् फाम्मो” (देवताको जीत मारको हार) भनी खुशीयाली स्वरुप चम्बा आकाशमा उडाई हर्ष बढाई गर्ने र त्यसपछि शुभकामना आदान प्रदान गर्ने । 

४) ल्होछार पश्चात् (Past Lhochhar): ल्होछार उत्सवलाई हर्षोल्लासपूर्वक सम्पन्न गर्न मान्यजन, नातागोता, कुल कुटुम्बा, इष्टमित्र लगायत सबै साथीसँगीहरुलाई भेटघाट गरी खादा सहित शुभकामना आशिर्वाद आदान प्रदानका साथै आफ्नो गच्छे अनुसार आलोपालो गरी इष्टमित्र कहाँ जाने, चेलिवेटी बोलाउने र खानपिन गर्ने । खानपिन आदान प्रदान गर्ने । यो क्रम प्रतिपदादेखि पञ्चमी अर्थात् बसन्त पञ्चमीमा साना बाबुनानीहरुलाई पठनपाठन गराएमा छिटो सिक्ने भन्ने विश्वास भएकोले शिक्षा आरम्भ गराउने । आउँदो वर्षभरीको अन्नबाली राम्रो र सफल होस् भनी भूमीपूजा, मंगलपूजा, प्रीतिभोज, वनभोज तथा साँस्कृतिक कार्यक्रम आदिको आयोजना गरी मैत्री एवं भावनात्मक रुपमा हर्षोल्लासपूर्ण वातावरणमा ल्होछारपर्वको समापन समारोह आयोजना गर्ने । साथै, यसरी चाडपर्व मनाउँदा आफ्नो मान्यता परम्पराको पालना गर्ने तर आर्थिक रुपमा बोझ नपर्ने गरी हर्ष बढाईका साथ मनाउनु हुन पनि अनुरोध गरिएको छ । तामाङहरुको ल्होछार विशेष खाद्य परिकारहरु : 
क) दुची (दुईचे) बनाउदा चाहिने बस्तुहरु :
१. ङारमसु (गुलियो तीन) चिनी, सख्खर, मह । 
२. कारसुम (सेतोतीन) दुध, दही, नौनी, घिउ । 
३. सेरसाङ (पवित्र रत्न) फलाम, तामा, सुन र चाँदी पखालेको पानी । 
यी चिज मिसाई बनाएको तरललाई दुच) (दुईचे) भनिन्छ । 
ख) छेमार (फेम्बेर) माथि बनिएको दुईचे (दुची) आधा भागचाँही दुईचे (दुचीकै रुपमा प्रयोग गर्न राख्ने र आधा दुईचे (दुची मा मकै, गहुँ, चामल, कुनै एकको सातुमा मिलाई बनाएको खाद्य पदार्थलाई छेमार (फेम्बर) भनिन्छ । 
ग) खाप्से: गहुँ, जौ, चामल वा त्यस्तै अन्नको पीठोलाई चिनी र घिउसँग मोली मुछिएको पीठोलाई विभिन्न आकृतिमा काटेर घिउमा पकाएको परिकारहरु ।
घ) बाल्डु: सकेसम्म तीते फापर तथा फापर वा सेतो कोदोकोपीठोबाट बनाएर पानीमा पकाएका विभिन्न आकृतिका परिकारहरु ।
ङ) आलुम: गहुँ वा कोदोको पानी रोटी । 
च) बाबर: कुल पूजा चढाउँदा गर्ने सादा बाबरहरु ।
छ) कन्दमूल: सबै प्रकारका तरुल, भ्याकुरहरु र विशेष बनतरुल । 
ज) फलफूल 
झ) माछा, मासु । 
ञ) गथुग्पा: नौ थोक मिसाएर बनाएको खानलाई गथुग्पा भनिन्छ । गथुग्पासँगै भाग्य चिन्ने शुभ चिन्ह वा प्राणीहरुको संकेतहरु राखेको मिष्ठान वा खाद्यन्न राख्ने चलन तिब्बती तथा चिनियाहरुमा पनि पाइन्छ ।  


No comments: