के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

28 August 2012

Read once this it's may be your story

साला, जिन्दगी वेर्थैमा जाने भो
जन्मेको केहि हप्ता महिना त रोएरै वित्यो जिन्दगी ।
३-४ वर्षाको उमेर बाउ-आमाले स्कूल पठाउनु भो
स्कूलमा सर-मिसको कुटाई र हप्काई मै वित्यो जिन्दगी ।
१०-१२ वर्षा त Home Work र अरु के-के जाति गर्दैमा वित्यो जिन्दगी ।
छिमेकीको छोरीलाई side हानेको, त्यसको बाउले थाहा पाएछ,
आखिरीमा आफ्नै घरमा नजरबन्दामा पर्यो जिन्दगी ।
साथीको लैलैमा लागेर game station गएँ, स्कुलमा Home Work नदेखाउँदा,
साला, कुखुरा बन्दैमा वित्यो जिन्दगी ।
S.L.C. पास भो ‌+२ मा no पढाई केटी हेर्दैमा वित्यो जिन्दगी ।
ट्याप्पेहरुको संगतले disco party मा भूले,
साला, पुलिसले छापा मार्यो अनुहार लुकाउदैमा वित्यो जिन्दगी ।
एउटी च्याखुरीलाई फसाको, त्यसको बाउ र दाइले थाहा पाएछ,
आखिरीमा ससुरा र जेठानसंग लुकामारी खेल्दैमा वित्यो जिन्दगी ।
Girl Friend लाई date र cinema लग्दैमा रित्यो budget.
त्यसपछि बाउको हरामखोर भाषण सुन्दैमा वित्यो जिन्दगी ।
Job गर्न office office धाएँ job को टुंगो लागेन,
हाकिमहरुको रामकहानी सुन्दैमा वित्यो जिन्दगी ।
न नाम छ न दाम छ चारैतिरबाट आयो pressure,
आखिरीमा भुस्या कुकुरको ताल भो जिन्दगी ।
आवेषमा आएर एउटा टप्परटुईयालाई रामधुलाई गरेँ,
साला, Inspector को छोरो पो परेछ, आखिरीमा भुमिगत बस्दैमा वित्यो जिन्दगी ।
केही शीप नलागेपछि एउटा नेताको शरणमा परेँ,
साला, न गाँठ न इनाम, आखिरीमा त्यसको चकारी गर्दैमा वित्यो जिन्दगी ।
आमासंग विलौना गरेर बल्लतल्ल bike हाले,
साला, petrol को लागि चर्को घाम र धुँलोमा line बस्दैमा वित्यो जिन्दगी ।
संगैको साथीभाइ डाक्टर इन्जिनीर हाकिम भए, म चाहिँ जहाँको त्यही,
यही पीरले जे पाएँ त्यही खाएँ आखिरीमा addict भएँ,
साला, rehabilitation center को चरम अनुशासनमा कोचिदै वित्यो जिन्दगी ।
यस्तो थाहा पाएर girl friend संग पनि break-up भो,
साला, अहिले न गर न घाटको भो, आखिरीमा जोगीको चाल भो जिन्दगी !!!

No comments: