के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

30 August 2012

नेपालका आदिवासी र आदिवासी गान


 नेपालमा हालसम्म आदिवासी जनजाति महासंघमा सूचीकृत भएका आदिवासी जनजातिहरु र आदिवासी जनजाति गान ।
१. किसान २१. थुदाम ४१. मेचे
२. कुमाल २२. दनुवार ४२. याक्खा
३. कुशवाडिया २३. दराई ४३. राई
४. कुसुण्डा २४. दुरा ४४. राउटे
५. गनगाई २५. धानुक (राजवंशी) ४५. राजवंशी (कोच)
६. गुरुङ २६. धिमाल ४६. राजी
७. चेपाङ २७. नेवार ४७. लार्के
८. छन्त्याल २८. पहरी ४८. लिम्बू
९. छैरोत्तन २९. फ्री ४९. लेप्चा
१०. जिरेल ३०. वनकरिया ५०. ल्होपा
११. झाँगड ३१. वरामो ५१. ल्होमी (शिङसावा)
१२. डोल्पो ३२. बाह्रगाउँले ५२. वालुङ
१३. ताङबे ३३. बोटे ५३. शेर्पा
१४. ताजपुरिया ३४. व्यासी ५४. सतार (सन्थाल)
१५. तामाङ ३५. भुजेल ५५. सियार
१६. तीनगाउँले थकाली ३६. भोटे ५६. सुनुवार
१७. तोप्केगोला ३७. मगर ५७. सुरेल
१८. थकाली ३८. माझी ५८. हायु
१९. थामी ३९. मार्फाली ५९. ह्योल्मो
२०. थारु ४०. मुगाली
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहकार्यमा नेपाल आदिवासी जनजाति महासंघको प्रस्तुति
आदिवासी गान

हो... हो... हो... हो... हो... हो... हो... हो...
हामी आदिवासी, हामी जनजाति ।
हामी आदिवासी ।
आदिवासी जनजाति ।
हामी आदिवासी ।
सृष्टिको सुन्दर, विहान हामी । हो हो हो हो
सृष्टिको सुन्दर, विहान हामी ।
मानिसको पहिलो, पहिचान हामी ।२
यो विशाल धर्ती हाम्रो रचना ।२
हेर कहाँ छैन, हाम्रो पसिना ।२
हामी आदिवासी ।
हा... हा... हा... हा...

हामी संगै जन्मे, तराई पहाड हिमाल ।२ हो हो हो हो
हामी संगै हुर्के, नदि वन जंगल ।२
हामीलाई पछ्याउँदै बन्यो मूल बाटो ।२
हाम्रै रगतको हो, रंगाऊ यो माटो ।२
हामी आदिवासी ।

हामीले सिकायौँ, अरुलाई हिँड्न ।२ हो हो हो हो
अब हामी आफै, तयार छौँ भिड्न ।२
अधिकार खोजै आत्मा निर्नयको ।२
जातीय पहिचान, सव्यता सुनौलो ।२
हामी आदिवासी, हामी जनजाति ।
हामी आदिवासी ।
आदिवासी जनजाति ।
हामी आदिवासी ।

Click here for video
रचना : श्रवण मुकारुङ
संतीत : शान्तिराम राई
गायक तथा गायिका : सुनिता सुब्बा, पार्वति राई, भिषण मुकारुङ, कला राई, दीपक लिम्बू, जगदिश समाल, सरला राई, प्रेम लामा, कन्काईप्ट राई, राधा राई, बेनुका राई, रुपकुमार राई, आभा मुकारुङ, एन्जिला गौचन, झुमा लिम्बू र शान्तिराम राई

No comments: