के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

03 March 2015

कविता साथीलाई

कविता साथीलाई........


जीवनको यो अनौठो यात्रामा, जब भेटाएँ मैले तिमीलाई,
कोही मन मिल्ने साथी पाएँ जस्तो, महसुस भो मलाई।
तिम्रो त्यो भित्री सुन्दर्ताको बयान गर्न सक्दिन म, यी कागजमा लेखी,
एक्लोपनको महसुस छैन मलाई, पाएँ तिम्रो साथ जब देखि।।

मेरा यी हरेक खुसीका पलहरूमा, तिमी नै छौ रमाइदिने,
मेरा यी हरेक दु:खका पलहरूमा, तिमी नै छौ आँसु पुछिदिने।
जब म बाटो बिर्सि कहीँ कतै हराउँछु, तिमी मेरो हात समाई सही बाटो डोर्‍याउँछौ,
जब म जीवनदेखि हार मान्छु, तिमी मेरो साथ दिई अझ हौसला बढाउँछौ।।

मन भित्र रहेका हरेक दु:खका कुरा, तिमीलाई नै आई सुनाउँछु म,
मन बाहिर भएका हरेक खुसीका गीतहरू, तिमीसँगै बसी गुनगुनाउँछु म।
तिमी रिसाउँदाको क्षणमा, संसार अँध्यारो भए जस्तो लाग्छ,
तिमी नहुँदाको पलमा, जीवन अपूरो भए जस्तो लाग्छ।।



त्यसैले आशा छ म एक्लो हुँदा, छोड्ने छैनौ मेरा यी हात,
जीवनका हरेक कठीन अवस्थामा पनि, दिनेछौ सदैव साथ।।
जीवनको यो अनौठो यात्रामा, जब भेटाएँ मैले तिमीलाई,

कोही मन मिल्ने साथी पाएँ जस्तो, महसुस भो मलाई।
                                          -सकुन राई

No comments: