के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

03 March 2015

तिंमी नै तिमी

तिमी नै तिमी...........


आफ्नै संसारमा रम्दा रम्दै, भेट भयो अचानक तिमीसँग,
मिठो तिम्रो बोली सुन्दा, एकछिन परे आफैँ दङ्ग।
भएँ म पागल तिमीप्रति, नशालु तिम्रा ती हेराईले,
भएँ म घायल तिमीप्रति, लजालु तिम्रा ती मुस्कानले।।

भेट हुँदा कहिलेकाहीँ, तिम्रै संसारमा हराउँछु म,
एक्लो हुँदा जहिलेपनि, तिमीलाई नै सन्झी टोलाउँछु म।
मनमा भएका हरेक मायाका शब्द, व्यक्त कसरी गरूँ,
आँखामा सजाएका हरेक सपनाका कुरा, वर्णन कसरी गरूँ।।

मेरा यी हरेक सपनामा, देखिरहन्छु तिमीलाई नै,
मेरा यी हर चाहनामा, पाइरहन्छु तिमीलाई नै।
बसेको छौ यी आँखामा, मेरो सबै संसार बनि,
धड्केको छौ यो मुटुमा, मेरो हरेक धड्कन बनि।।

तिमी बिनाको मेरो जीवन, साच्चै अपुरो लाग्छ,
तिमी बिनाको मेरो संसार, सधैँ अधुरो लाग्छ।
त्यसैले आइदेऊ न मेरो जीवनमा, सुनौलो लहर बनि,

अनि छाइदेऊ न मेरो संसारमा, खुसीको बहार बनि ।।
                                      -सकुन राई

No comments: