हिमालझैँ अटल साहसी सारा, युवाहरुलाई स्वागतम् ।
यहि देशको धूँलो माटोलाई माया, गर्नेलाई स्वागतम् ।
आयौ हामी अगाडि स्वागतको फूलहरु वर्षाई ।
स्वागतम् स्वागतम् स्वागतम् ।
हामी हुरी बतासमा पनि, कहिल्यै कतै नहराई ।
कठिन दु:ख काष्ठमा पनि, कहिल्यै कतै नडराई ।
यही देशका गाराहरुमा, धानको वाला झुलाऊ ।
तिम्ले टेकेका माटोमा, प्रीतिको फूल फूलाऊ ।
जोश र जाँगर भएको सारा, युवाहरुलाई स्वागतम् ।
आफ्नो धर्म भाषा र भेषलाई माया, गर्नेलाई स्वागतम् ।
आयौँ हामी अगाडि स्वागतको, गीतहरु गुन्जाई ।
स्वागतम् स्वागतम् स्वागतम् ।
हामी कला र संस्कृतिलाई, कहिल्यै कतै नभुलाई ।
अघि पाइलाहरु बढाउछौँ, सधै ध्वज फर्फराई ।
देश हाँक्ने काँधहरुलाई, हृदयदेखी नै स्वागत छ ।
विकास गर्ने हातहरुलाई, मुरी मुरी धन्य छ ।
दीन दु:खीको सेवामा लाग्ने, मनहरुलाई स्वागतम् ।
सेवा गरेर कहिल्यै नथाक्ने, तनहरुलाई सवागतम् ।
आयौ हामी अगाडि, स्वागतको माला लिएर ।
स्वागतम् स्वागतम् स्वागतम् ।
No comments:
Post a Comment