के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

सुन्दर सुन्दर Sundar Sundar


सुन्दर सुन्दर
                                                       मिति: २०६२।१२।०१
सुन्दर सुन्दर हाम्रो देश सुन्दर ।
प्राकृतिक नेपाल हेर्ने सबको रहर ।
यही देश माथि सबको छ नजर ।
सुन्दर सुन्दर हाम्रो देश सुन्दर ।


पवित्र भूमि मन्दिरको शहर ।
पूर्खाको नासो हाम्रो गोरखा बजार ।
दाँत झैँ देख्‍ने हिमालको लहर ।
सुन्दर सुन्दर हाम्रो देश सुन्दर ।


युगौँ पुरानो छ हाम्रो रीत ।
कोइलीले गाउँछे शान्तिको गीत ।
पवित्र छन् नेपालीको विचार ।
सुन्दर सुन्दर हाम्रो देश सुन्दर ।


कुना कुनामा छन् बुद्धको उपदेश ।
राम्रो लाग्छ मलाई नेपालकै भेष ।
हिराको छ हाम्रो अग्लो शिखर ।
सुन्दर सुन्दर हाम्रो देश सुन्दर ।


घामको झुल्को संगै जागिने हामी ।
परिश्रम गर्छौ हामी सब रमी ।
सबै भाषा र जाति सम्मान र बराबर ।
सुन्दर सुन्दर हाम्रो देश सुन्दर ।


इतिहास थियो टिष्‍टा किल्ला सम्म ।
भगवान नै हुन हाम्रो नेपाल आमा ।
खोलानाला छन् यहाँ हजार हजार ।
सुन्दर सुन्दर हाम्रो देश सुन्दर ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: