के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

सेवक नेपालको Sewak nepalko-Aisingh Dimdung Tamang tamandas


सेवक नेपालको

                                                         मिति: २०६६
नेपालको सेवक हूँ म विकासको भाल ।
फूलवारीको माली हूँ म लाखौँको चाल ।
हुस्सुको होश हूँ म प्यासीको पानी ।
शान्तिको बुद्ध हूँ म स्नेहको खानी ।


गरीबीको आश हूँ म रोगीको सास ।
अन्धविश्वासको गर्छु म चिर सत्य नाश ।
प्रगतिको बाढी हूँ म रुपान्तरको आँधी ।
कानूनको लामो हात हूँ म बच अपराधी ।


सज्जनको साधक हूँ म दुर्जनको बाधक ।
नेपालको छोरो हूँ म सच्चा राष्ट्र सेवक ।
देशद्रोहीको काल हूँ म देशभक्ति माला ।
परिवर्तनको भण्डार हूँ विशाल पाठशाला ।


शान्तिको बुद्ध हूँ म अँध्यारोको घाम ।
सच्चा राष्ट्र सेवकलाई मेरो छ सलाम ।
वर पीपलको आयु मेरो गर्न देशको सेवा ।
सीमारेखाको खम्बा हूँ म पराई नबोल धावा ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: