के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

सपनाकी परी Sapanaki pari




सपनाकी परी

                                                                    २०६२।०३।०२
गगनबाट वायुमा उड्दै आई बनेर चरी ।
टुलु टुलु हेर्छे मलाई सधै एउटी परी ।
घर उसको टाढा छ रे बादल पारी ।
सपनामा सताउँछे मलाई राति घरीघरी ।


मेरो जीवनमा आई मलाई साथ दिना ।
हरेक काम अधुरो रहन्छ उनी विना ।
अँध्यारो रातमा टहटह जून लागेझैँ ।
उसको आगमनले मेरो जीवन भो पूर्णिमाको रातझैँ ।


मध्ये दिनको घाममा वर पीपलको छायाँ पाएझैँ ।
भयो जीवन विहानीको मिरमिरेमा हिमाल हाँसे झैँ ।
चट्टानबाट नि तपतप पानी खस्न थाल्यो ।
मेरो जीवनमा नि वसन्तले रंग छाउन थाल्यो ।


प्रतिक्षामा देखिन्छन् गाजलु ती नयनहरु ।
सौन्दर्य करको केलामा देखिन्छन् ठूला सपनाहरु ।
रेशमी कपाल र गाजलु नयनले बोलाएझैँ मलाई ।
पानी परिसके पछिको आकाश झैँ देख्छु उनलाई ।


मलाई नभेटे शैलबाट अश्रुको दानाहरु वर्षाउँछे ।
म रिसाएर बस्यो भने मलाई फकाएर हँसाउँछे ।
एकान्तमा वायुले काउकुती लगाए झैँ उसको यादले ।
प्रफुल्लता त नवीनताको आरम्भ भो उसको साथले ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: