आफै बसी बन्धकीमा भोग्ने पर्ने झेल ।
विरही पाइला हिँड्दा हिँड्दै ढेस लाग्दा ।
निराश जीवन जिउँदा जिउँदै दोष लाग्दा ।
सितसंग कति रोए घोप्टिएर राति ।
मेरै छाती कुल्ची हिँड्छन् वेदनाका ताँती ।
धुजाधुजा भइ आशा सबै फाटी सके ।
मनका सारा खुशीहरु बसाई सरिसके ।
उड्दै गयो सपना मेरो मबाट पर ।
सपनाले छाडे पनि भाग्यले नमर ।
जाडोमा पनि बस्यो मैले काँडामा नि बस्यो ।
दिन रात खस्यो मुटु जताततै खस्यो ।
घामपानी भइरहन्छ यो मेरो जिन्दगानी ।
संघर्षको यात्रामा धेरै भेटे साथी संगिनी ।
जिन्दगीको यात्रामा दु:खको ठूलो भारी ।
जिन्दगीको यात्रा भरि घाइते हुन्छु घरीघरी ।
No comments:
Post a Comment