म अल्झेँ सधैँ संघर्षमा ।
माथि चढ्न खोजेँ मैले धेरै ।
खुट्टा चिप्लेर लड्छु साह्रै ।
कालो रात झैँ यो मेरो जीवन ।
उज्यालो खोज्दै वित्यो मेरो जीवन ।
रात भरि हिँड्छू उज्यालो खोज्ने क्रममा ।
यो जिन्दगीले पुर्याउने हो कहाँ सम्म ।
उज्यालो भेट्छु भनि पछि लागेँ ।
कालो जीवन देखि उज्यालो दूर भागेँ ।
म नित्य सोध्ने गर्छु मेरै बारे ।
जिन्दगीको हरेक खेलमा सधैँ हारेँ ।
जिन्दगीले हरेक पाइलामा रुवायो ।
ठाडो शिरलाई पनि यसले नै झुकायो
मेरो तनको हरेक अंक अंकमा ।
संघर्षले वास लिएछ कुना कुनामा ।
No comments:
Post a Comment