सामन्तीले वाध्य गर्यो, उठाउनलाई खुकुरी ।
उठ पीडित शोसित जनता, कति सह्नु अत्याचार ।
सामन्तीकै राख माथि छ, हाम्रो अधिकार ।
जुन तन्त्र आए पनि, चुहिने छानोमुनि बास ।
खाना नाना छानाको लागि, सामन्तीको गरौँ विनास ।
हाम्रै श्रम र पसिनामा, गर्दैछ राज सामन्ती ।
गए जाओस् यो ज्यान पनि, गरौँ अन्तिम क्रान्ति ।
सामन्तीलाई धुँडा टेकाउँन, उठ जुट नेपाली ।
सामन्तीको शिर काटी, नचाऊ बनाई कठपुतली ।
हाम्रै रगत चुस्छ भ्रष्टाले, अवसरवादी नि सामन्ती ।
अरु सामन्तीले सत्ता लुच्छ, भोटको लागि हामी जन्ती ।
हाम्रै भोटले कुर्सी पाउँछ, अनि नरपिशाच बन्छ ।
हामीले नगरे यिनको संहार, अरु कसले गर्छ ।
उही अनुहार नकाब लगाई, देखाउँछ झुटो प्रलोभन ।
नउठाए खुकुरी अहिले, अत्याचार बढ्छ झनझन ।
No comments:
Post a Comment