सुन्दरता र वीरतामा सिर्जिएको नेपालको नाउँ ।
गाधा छ त्याग वलिदानको र बहादुरीताको ।
यही माटोमा पसिना चुवाउँदा भान हुन्छ माधुरीताको ।
बैरीले धावा बोले त्यसको डटेर सामना गर्न तमतयार ।
मृत्यूमै रम्छौँ वलिदान दिन्छौँ बन्दैनौँ कायर ।
बैरीलाई यो जमिनको कीरा पनि मार्न दिने छैन ।
आणविक हातहतियार भन्दा खुँडा र खुकुरी कम छैन ।
यमराजको शिर छिनाउँन पनि पछि नहट्ने पृथ्वीको सन्तान ।
टेक्न दिने छैन सीमारेखा चाहे त्याग्नु परोस् यो प्राण ।
ओठमा हाँसो गालामा लाली तब आउछ मातृभुमिको ।
शरीरको रगतका थापाले पुकार्छ नाउँ नेपालको ।
मातृभूमि नै जन्मदाता यही नै हो मेरो शक्ति ।
हाँसेरै श्रद्धाञ्जली दिने मेरो महान् धर्ती ।
गिरीपुत्र वायू झैँ तिव्र भएर ज्वालामुखीको रुप लिन्छु ।
चाहे सुकोस् नीर धर्तिबाट म वीना जल नै जिउँछु ।
No comments:
Post a Comment