के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

फूलवारी हाम्रो Phoolvari hamro


फूलवारी हाम्रो
                                                        मिति: २०६२।११।२७
फुलवारी हाम्रो फूलको नेपाल ।
शिर नै हो नेपालको हिमाल ।
पवित्र नै छ हाम्रो यो स्थाल ।
फूलवारी हाम्रो फूलको नेपाल ।


वनै रातो हुन्छ लालीगुराँसले ।
मेरो मनै बहलियो यो हर्षले ।
गुलाफ जाई र जुही फूल्छन् कमल ।
फूलवारी हाम्रो फूलको नेपाल ।


असारे र नागबेली फूल्छन् गोदवारी ।
झनै राम्रो ४ वर्ण र ३६ जातको फूलवारी ।
समुन्द्र सरी रहेको छ हाम्रो रारा ताल ।
फूलवारी हाम्रो फूलको नेपाल ।


चाडपर्व बोलाउँछन् मखमली फूल्दै ।
भुनभुन भमरा फूलवारी डुल्दै ।
फूलमा रम्दै गाउँछे डाँफे कोइली चरी ।
फूलवारी हाम्रो फूलको नेपाल ।


मगमग सुगन्ध बेली चमेली ।
यही फूलवारीमा नाच्छन् सारा नेपाली ।
चिरञ्‍जिवी पञ्‍चवटी बकमबेली र इन्द्रकमल ।
फूलवारी हाम्रो फूलको नेपाल ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: