शैलको पदमा छ मेरो पाठशाला ।
त्यहाँ रमाइ रहेकोछु गुरुको म चेला ।
मेरो बाल्यकाल वितेको यो ठाउँ ।
यसले नै फैलाउने छ मेरो नाउँ ।
सहयोगी असल र नि:स्वार्थी मेरा मित्र ।
सुन्दर र प्राकृतिक छ स्कूलको क्षेत्र ।
वर्णन गर्न सक्दैन शब्द छ भित्र ।
कस्तो सुन्दर देखेको एकरुपी वस्त्र ।
प्रथम प्रवेशद्वार मै छ आसिनछे विद्यादेवी ।
उनले नै बनाउँछिन् डाक्टर शिक्षक र कवि ।
यसमै मेरो भाग्यको उदयमान हुन्छ ।
आजको कलिला हात भोलिको पौरखी बन्छ ।
मेरो मुटुकेन्द्रमा भइसक्यो यसको स्नेहजटित ।
दू:ख सुख दिन रात यसकै छ गीत ।
त्यो फूलवारी त्यो पिङ त्यो रूख ।
स्मूतिमा आउँछ बनेर मेरो चिरसुख ।
वेञ्चमा बसेर देख्छु स्वप्न विश्व जीत्ने ।
तय गर्छ यसले नै मेरो नाम अमर राख्ने ।
शिक्षक शिक्षीका छन् आदर्शका खानी ।
देखाउनेछु म जगतमा बनेर ज्ञानी ।
शिक्षाको ज्योति छर्कन्छ विद्यार्थी माथि ।
यसले नै देखाउँछ पथ जाती र असल साथी ।
कालोपाटी हेर्छु म हरेक दिन ।
असल व्यक्ति कसरी बन्ने स्कूलविहीन ।
यसैमा कोर्दैछु म आफ्नो भविष्य ।
यसको ज्ञानले सरल पार्छ हल गर्न समस्या ।
स्कूलबाटै हामीलाई प्राप्त हुन्छ सर्वोच्च ज्ञान ।
त्यही ज्ञानले नै दिन्छ मान सम्मान ।
वाटिकाको रंगीचंगी फूलझैँ हामी विद्यार्थी ।
यस विद्यालयले नै दिन्छ हामीलाई नयाँ जीवनपद्धति ।
जिज्ञासा नै सम्पूर्ण जननी हुन् यही मूल मन्त्र ।
प्रदुसन ध्वानी कलाहबाट छौँ हामी स्वतन्त्र ।
ज्ञान सिप प्राप्त गरि गर्छौँ राष्ट्र उन्नति ।
हामी नै हौँ यो धराधामको कर्मयोग सन्तति ।
हातमा कलम कापी किताब हौँ कर्णधार ।
लेख्छौँ पढ्छौँ यश कमाई बन्छौँ दिव्य सुन्दर ।
विद्यालय नै हो जीवनको सब थोक ।
यसले नै सहयोग गर्छ पूर्ण गर्न मेरो शोख ।
रच्ने छु म यसको नालीबेलीमा कथा ।
पढ्छौँ जित्छौँ हल गर्छौँ सब विध्नवाधा ।
No comments:
Post a Comment