मेची र काली दुई आँखा, बग्दछ पहाड छेरी ।
ऋषुमुनिको तपभूमि, पवित्र हाम्रो नेपाल ।
चार जात र छत्तीस वर्णले, सिर्जेको नेपाल विशाल ।
खोला नाला डाँडापाखा, डाँफे र मुनालको यो भुमि ।
भृकुटी सीता अमर जनक, बुद्धको शान्तिभूमि ।
गौरवमय गाथा सुनाउँदै, रानीवनमा डुल्छे कोकिल ।
चन्द्र र सूर्य अंकित ध्वज, हाँक्ने पाखुरो छ कर्मशील ।
कुण्ड र तालको सागर छ, चराचुरुङ्गीको चिरविर छन् ।
पहाडी डाँडापाखामा, लालीगुराँस फल्दा छन् ।
संस्कृति भाषा जाति धर्ममा, फूलेको छ तराई पहाड हिमाल ।
वीर पूर्खाको अखण्ड राष्ट्र, मन्दिर र गुम्वाको नेपाल ।
तराईको फाँटमा लहलह धान, अन्नको भण्डार ।
हिमाल पहाड र तराईले, सिर्जेको नेपाल सुन्दर ।
दौरा सुरुवाल पटुकी ढाका, कम्मरमा खुकुरी ।
वीर गोर्खालीका सन्तान, छरेर बसेको छन् जगतभरि ।
No comments:
Post a Comment