बुद्ध पनि मारकाटले गर्दा क्रोधित छ ।
युद्धले गर्दा नेपाल आमा पनि रोइ रहेछ ।
युद्धले गर्दा बालबालिकाहरु अनाथ भइरहेछन् ।
दिनदनै नेपाल आमाको छोराछोरी मरिरहेछन् ।
नेपाल आमाले आँशुको खोला बगाइरहेछ ।
पवित्र खोलामा रगतको खोला बगिरहेछ ।
मेरो भूमि बारुद र गोलाले भरिएको सुन्छु ।
सुन्दर प्रकृति फुलवारी रितिएको देख्छु ।
भविष्यको विकास गर्ने कलिला ती हातहरु ।
बोग्दैछन् दिन रात सकेट, गोला र बारुदहरु ।
मेरो देश द्वन्द्वमा रुमल्लिन चाहदैन ।
यो सुन्दर र शान्त भुमि म गुमाउन चाहदैन ।
No comments:
Post a Comment