पूर्णिमाको चाँदनीझैँ, मुस्कुराउँछ्यौ तिमी ।
वर पिपलको छाया भन्दा, शितालु छ्यौ तिमी ।
हिमालको हिँउ भन्दा, गोरी छ्यौ तिमी ।
गाजलु नयन तिम्रो रेशमी कपाल ।
तिम्रो त्यो मदहोशी रुपले भए म पागल ।
गंगा झैँ पवित्र संसारमा तिमी ।
म नि जोवन ठिटो प्रीति गाँसौँ हामी ।
वसन्तको मुना पल्लवी, झर्नाको सुसेली ।
राम्रो देख्छ्यौँ हाँस्दा तिमी, दन्ते लहर खोली ।
संसारलाई नै मोहनी लाउने, तिम्रो मीठो बोली ।
राम्री मान्छे रिसाउँदा, कस्ती दोख्थ्यो होली ।
तिम्रो सामु जूनले पनि, आफ्नो मुहर छोप्छ ।
स्वर्गका परीहरु, तिम्रो वयान गर्छ ।
तन तिम्रो कोमल सुन्दर, मन तिम्रो निर्मल ।
दुधिलो तिम्रो रुपले, मच्चायो मनमा हलचल ।
बेसहारा थिएँ म, तिमीले सहारा दियौ ।
तिमी आई जन्दगीमा, खुशी छाई दियौ ।
कलिलो लाली यौवन, बानी तिम्रो चञ्चल ।
स्मृतिमा तिमी तिमी, स्पर्शमा हरपल ।
No comments:
Post a Comment