के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

मेरै देश सुन्दर Merai desh sundar


मेरै देश सुन्दर
                                                              मिति: २०६२।८।२५
रमाइलो लाग्छ बुद्धको देशमा जन्मेकाले ।
गौरव लाग्छ आफु नेपाली भएकाले ।
भगवानको वरदान प्राप्त यो मातृभुमि ।
पवित्र लाग्छ मलाई यो जन्मभुमि । 


मलाई माया लाग्छ यो जन्मभुमि ।
पवित्र छ यो मेरो मातृभुमि ।
प्रकृतिको पर्खाल हाम्रा उत्तरका हिमाल ।
अग्ला हिमाल संगसंसै सागर झैँ ताल ।

एउटा सानो फुलवारीमा फुल थरी थरी ।
मीठो मीठो वासनाले ढाक्यो मनै भरि ।
प्राकृतिक सुन्दर सिर्जनाको खानी ।
आकाशको तारा जस्तै धर्तीका नानी ।

हिमालको काखमा रहेको यो सुन्दर स्थान ।
सबैले यसलाई धार्मिक स्थल सम्झन्छन् ।
लाग्छ भमरा बनी फुलवारीमा डुल्न ।
मन लाग्छ वसन्तलाई सुसेलीले ढाक्न ।

मौरी बनी फूलवारीमा डुल्न मन लाग्छ ।
रस चुसी मह सञ्‍जय गर्न मन लाग्छ ।
हरियो वन नेपालको धन स्वर्गको फूलवारी ।
अन्य मानिस रुचाउँछन् यहाँ आउन घरी घरी ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: