मलाई आफ्नो धड्कन मान्यो, पराई किना ठान्यो ?
आफ्नो प्राणमा आफैले तीखो छुरा चलायो ।
आफ्नो दिलमो मनमन्दिरमा काँडे बार लगायो ।
साँझा पनि ढल्दै थियो, नशा पिउँदै थियो ।
तिमी आफै पिउँदै थियो मलाई पिलाउँदै थियो ।
नसामा डुब्दै जाँदा हाम्रो होश गुम्दै थियो ।
वेहोशीमा हामी बीच, हुनु न हुनु भयो ।
आफू निर्दोष बन्न खोज्यो, नानाथरी आरोप लगाई ।
सर्वस्व लुट्यो भन्यो, वेहोशीको फाइदा उठाई ।
बदनामी तिमी भए नौ, म चाहिँ बर्बाद भएँ ।
तिमीलाई आफ्नो ठान्दा खेरी, इज्जतविहीन भएँ ।
आफ्नो चाह पूरा भएसी, मलाई दोष लायौ ।
आफुलाई निर्दोष देखाउँन, झुटो कसम खायौ ।
मर्नु न बाँच्न त, म भएकोछु आज ।
मेरो इज्जतमा खेलबाड गरी, लियौ मोजमज्ज ।
No comments:
Post a Comment