के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

कुरो यस्तो छ Kuro yasto chha


किरो यस्तो छ

                                                       मिति: २०६३।०१।२०
नागरिक नै हूँ म यो देशको ।
केही दिन पहिले मात्र गाउँबाट आएको ।
म पनि पाइन्ट लाउछु भनी पसल गएको ।
पाइन्ट पसल जाँदा पाइन्ट छुन नसकेको ।


अचम्म मान्दै पसल बहिरा निस्केको ।
देखे मैले केटीहरुले पनि पाइन्ट लगाएको ।
केटाहरुले लगाउँने पाइन्ट केटीहरुले नि लगाएछ ।
त्यही भएर होला पाइन्टको दाम बढेछ ।


केटीहरुले पाइन्ट लगाएर होला महँगो भएछ ।
त्यही भएर होला केटाहरुले चाहिँ २ बित्ते हिपहप लगाएछ ।
फरिया गुन्यू र चोली त इतिहास नै भएछ ।
विकास किन भएन भनेको त हिपहप तान्दैमा ठिक भएछ ।


कालो राम्रो कपालमा विभिन्न रंग घसेछ ।
वैँशैमा बूढा बूढीको रोग पसेछ ।
बाटो हिँड्दा केटाकेटी ठम्याउँन गाह्रो छ ।
आज भोली छोराछोरी पाल्न साह्रो छ ।


स्कूल जान्छु भनेर साइवर पसेछ ।
जाँचमा चाहिँ ठूलो आलु खाएछ ।
हरेक दिन अमुल्य उपहार प्रेमी-प्रेमिकालाई दिएछ ।
छोराछोरीलाई पैसा दिदादिदै आमा बाउको ढुकुटी रित्तिएछ ।


कलेज जान्छ भनेर फिल्म हल र रेष्टुरेन्ट धाएछ ।
अन्त्यमा होस् आएछ अनि पछुत्तो लागेछ ।
बाजे बाज्यैका प्रीय वस्तु अँध्यारोमा विलाएछ ।
फरियाको नाममा माइग्रो स्कर्ट सिलाएछ ।


बाबुहरु ड्याड बनेछन् आमाहरु मम बनेछन् ।
पटुकी फरिया गुन्यू चोली पनि कम छैनन् ।
ढाका टोपी र दौरासुरुवाल बेचेर सर्टपाइन्ट किनेछ ।
दोसल्लालाई टाई र फरियालाई स्ल्याक्स बनाएछ ।


पहिचान नै नरहे हामी कस्तो होला ।
पानी नै नरहे बग्छ र पानीको खोला ।
सबै ठाउँमा आज भोलि कुरो यस्तै छ ।
मेरो मण्डली हो तिमीहरुले कुरो बुझ्दै छ ।


आधुनिकताको तडकभडकमा के-के छ ।
हाम्रो सांस्कूतिक परम्परा त हराउदै छ ।
यो सब गरेर हामीले पायौँ नै के ।
जे गरे नि अन्त्यमा त्यही हो म त खै के खै के ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: