मेरो जीवनमा पानी पर्छ ।
अरुको दु:ख ओरालो झर्छ ।
मेरो दु:ख उकालो चड्छ ।
सबैको जीवनमा पूर्णिमा आउँछ ।
मेरो जीवनमा सधैँ औंशी नै हुन्छ ।
मेरो सुख आकाश पाताल झैँ टाढिन्छ ।
अरुको ढुङ्गा माटोको जस्तो हुन्छ ।
मेरो खूशी खोलावारी र पारी झैँ हुन्छ ।
अरुको दोबाटो र त्रिवेणीमा हुन्छ ।
अरु दुध र पानीको जीवन जिउँछ ।
मेरो चाहिँ तेल र पानी जस्तो हुन्छ ।
अरु सबै बेँशीमा बसाई सर्छ ।
मेरो चरण चाहिँ हिमाल तिर लाग्छ ।
मेरो जीवनमा सधै बादल लाग्छ ।
अरु सबको जीवनमा घाम लाग्छ ।
मलाई सधैँ असार साउन आउँछ ।
अरुलाई किन कार्तिक मंसिर नै हुन्छ ।
अरुको फूलवारीमा फुलैफुल फुल्छ ।
मेरो फूलवारीमा फूलको बोट मात्र हुन्छ ।
मेरो बाँदरको हातमा नरिवल पनि हुँदैन ।
अरुको चाहिँ दुबै हातमा लड्डु किन ?
बाँच्न गाह्रो रहेछ सुख विना ।
मैले यस्तो जीवन पाइएको किन ?
No comments:
Post a Comment