छ भनुँ तिमीसँग, चिनजान छैन ।
छैन भनुँ तिमीबाट, नजर हट्ने होइन ।
छ भनुँ तिमीसँग, बोलचाल छैन ।
छैन भनुँ तिम्रो मीठो, याद नआउँने होइन ।
भुलुँ भने तिमिसँग, के नाता थियो र भुलुँ ।
बोलुँ भने तिमीसँग, के साइनोले बोलुँ ।
आज भोलि सपनीमा, देख्छु तिमीलाई राति ।
कातै यही नै त होइन, माया प्रेम पिरती ?
लुकिछिपी सधैँ किन, हेर्छौ तिमी मलाई ।
चिहाएर हेर्नुको अर्थ, सोध्नु थियो मलाई ।
न त सक्छौ बोल्न तिमी, न त सक्छु म नै ।
नाता साइनो नभए नि, लाग्छ तिमी आफ्नै ।
No comments:
Post a Comment