राम्री केटी देख्यो कि त भन्दो रैछ बुलेट ।
कसैलाई चासो छैन आफ्नो संस्कृति ।
लवाइ-खवाइ भेषभुषालाई हान्यो लाती ।
पूर्खाका अर्ति उपदेश खोरमा थुनिए ।
पूजापाठ धर्मकर्म सबले लताए ।
दौरा सुरुवाल फरिया किनारा लागे ।
बोल्न पनि लाज मान्ने किन नाङ्गिए ।
बुबाहरु डेड बने आमाहरु मोम ।
दाजुभाइ ब्रो बने साहिंली माइली म्याम ।
दिदीबहिनीले आँखीभौँ काटी कालो घसेछन् ।
दाजुभाइले केस पाली कुन्डल भिरेछन् ।
बाउबाजेका मुटुलाई छियाछिया पारेर ।
लोक भाकालाई लताएर पप गीत गाएर ।
यो चालले हामी दिनहुँ कङ्गाल हुँदैछौँ ।
यो रंगिन दुनियाँमा हामी ओरालो झर्दैछौँ ।
हाम्रो संस्कृति लोप हुदैछ लुटिदै छ ।
हाम्रो आफ्नो पहिचानले डाँडा काट्दैछ ।
अरुले घोडा चढ्दैमा धुरी नचढ्नु ।
आफ्नो अस्तित्व गुमाउने कार्य नगर्नु ।
पूर्खाका मृदु मुस्कान स्ल्याक पाइन्टमा छैन ।
सार्टपाइन्ट र टाई सूट हाम्रो लवाइ हैन ।
पङ्की रे हिपहप रे, गनाउँछ सिगरेट ।
राम्री केटी देख्यो कि त, भन्दो रैछ बुलेट ।
No comments:
Post a Comment