के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

कान्छी नानीको Kanchhi naniko


कान्छी नानीको
                                                           मिति: २०६२।०३।०२
मायालुको काखैमा बसुँ बसुँ लाग्यो ।
तिम्रो माया परेलीमा साचुँ साचुँ लाग्यो ।
रोकेर राख्दा मनमा इच्छा उमेरमै जाला ।
तिम्रो त्यो लाली जोवन खेर पो जाला ।


पिरतीको खेलैमा माया बस्यो तिम्रो दिलैमा ।
तिमीसंग हाँस्दा खेल्दा पार्‍यो मलाई माया जालैमा ।
अल्झ्यो मेरो मन तिम्रो गाजलु आँखैमा ।
माझी दाइले पारेझैँ माछी जालैमा ।

आऊ बास बनेर रानी हृदयको माझैमा ।
कति छिटो दिल बस्यो मेरो तिम्रो आँखैमा ।
हाँसी हाँसी लजाई हिँड्ने नेपाली भेषमा ।
हिँड कान्छी संगै हामी मायाको देशमा ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: