के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

जागा नेपाली Jaga nepali


जागा नेपाली

                                                            मिति: २०६७।०७।१०
इतिहास साक्षी छ, संसार जीतेको ।
कुन ठाउँ छ र यहाँ, हामीले नटेकेको ।
बग्छ नसामा त्यही पूर्खाको, रगतको फोरा ।
कन्दरामा जन्मे हुर्केको, हामी वीरको छोरा ।


खुकुरीको कथा लेख्‍न, अझै बाँकी नै छ ।
सुस्ता र कालापानीमा, लड्ने हाम्रो पालो छ ।
नालापानी र देउथलको कथा, फेरि दोर्‍याउँनु छ ।
किल्ला टिस्टा काँगडामा, अब फेरि पुग्‍नु छ ।


रणभूमिमा सिंहझैँ फेरि, गर्जगर्जाउनु छ ।
सीमारेखाका बस्दीहरुलाई, हामीले जागजागाउँनु छ ।
अतिक्रमण विरुद्ध हामीले, आगो सलबलाउँनु छ ।
देशप्रति माया सदभाव, हामीले पलपलाउँनु छ ।


एकताबद्ध भइ हामीले शत्रुलाई, धपधपाउँनु छ ।
हाम्रो भूमिबाट पराईलाई, भागभागाउँनु छ ।
पूर्खाले अर्जेको भूमिमा चन्द्र सूर्य, फर्फराउँनु छ ।
प्रत्येक नेपालीको मनमा देशभक्ति, कलकलाउँनु छ ।


विश्वले हामीलाई गोरखालीको नाम दिएको ।
कुन ठाउँ छ र यहाँ हामीले नजीतेको ।
कुन ठाउँ छ र यहाँ हामीले नदेखेको ।
कुन ठाउँ छ र यहाँ हामीले नपुगेको ।

-आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: