हामी सबै एकै परिवारको हौँ खुशीको जीवन बाँचौँ ।
अँध्यारो बाटोको जीवनबाट उज्यालोमा ल्याउनु भो हामीलाई ।
सुवासना छरिदिनेछौँ जगतका दू:खी जीवनलाई ।
हीरा मोति भन्दा नि महान् हाम्रा यी गुरुजन ।
कुनै दिन हामी रिसायौ होला क्षमा होस् गुरुजन ।
रंगी विरंगी फूल फूले जस्तै आनन्द दिलाउँछन् हामी प्रति ।
आदर, सम्मान, अनुशासन हुनुपर्छ गुरु प्रति ।
शिक्षकशिक्षिकाको आशिष लागि नै रहोस् सधैँ अमर बनी ।
मान सम्मान गर्नु स्वयमलाई भाग्यमानी ठानी ।
गुरुजन विना कसरी हुन्छ हाम्रो असल जीवन ।
शिक्षकशिक्षिका नै होला हाम्रो जीवन त्यसैले गर्छन् सम्मान ।
नाच्न, गाउँन, पढ्न र लेख्न सिकाउँनु भो गुरुले ।
नरिसाउँनु होला गल्ती गरियो कलिला हातले ।
कुटी, माया गरी दिनु भयो शिक्षाको खानी ।
गल्ती भएमा सजाय दिनु किनकि हामीलाई बन्नु छ ज्ञानी ।
No comments:
Post a Comment