के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

हामी सैनिक Hami sainik-Aisingh Dimdung Tamang tamandas


हामी सैनिक

                                                                    मिति: २०६४
पेशा हाम्रो सेना हो, हामी सैनिक ।
पूर्ण गर्छौँ जिम्मेवारी, हामी दैनिक ।
देशको सीमा छेक्नु परे, पहाड झैँ उभिन्छौँ ।
कसैले औँला ठडाए, खुकुरी उठाउछौँ ।


माटो हाम्रो मन हो, देश हाम्रो ज्यान ।
देशको लागि परेमा, दिन्छौ हामी प्राण ।
दुश्मनको सामना, डटेर गर्दछौ ।
युद्ध लडेर जिदै, हामी अघि बढ्दछौ ।


एक थोपा रगत मुठी सास, रहुञ्जेलसम्म ।
देशको सेवा गर्ने छौ, अन्तिम साससम्म ।
विजुली झैँ चम्केर, मेघ झैँ गर्जेर ।
अघि कदम बढाउछौ, झन्डा बोकेर ।


जय काली भन्दै अघि बढ्छौ, वायु रुप लिई ।
आफु मर्छु देशलाई, स्वतन्त्र दिई ।
देशको लागि हामी, शिर चढाउछौ ।
राष्ट्र विकासको लागि, पसिना बगाउछौ ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: