विश्वभरि छरेका छन्, वीर गोर्खाली ।
रणभूमिमा चम्किने, रुप विझुली ।
शोक भोक त्यागेर, लड्छन् गोर्खाली ।
जङ्ग लड्छन् गोर्खाली, राइफल भिरेर ।
देशको माया देखाउँछ, छाती चिरेर ।
बहिरीलाई धपाउँछन्, खुकुरी सिउरेर ।
जङ्ग लड्न मृत्यूबाट, उठ्छन् विउजेर ।
खाली राख्नन् सीमारेखा, कुर्छन् गोर्खाली ।
दुश्मनसँग लुकामारी, खेल्छन् गोर्खाली ।
शत्रुसँग आँखा छल्दै, लड्छन् गोर्खाली ।
पत्थरझैँ मुटु बनाई, लड्छन् गोर्खाली ।
वायुझैँ वेग हानी, लड्छन् गोर्खाली ।
चट्यानझैँ बज्रेर, लड्छन् गोर्खाली ।
मेघझैँ गर्जेर, लड्छन् गोर्खाली ।
सिंहझैँ जङ्गेर, लड्छन् गोर्खाली ।
No comments:
Post a Comment