के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

देशप्रेमी हूँ म Deshpremi hun ma


देशप्रेमी हूँ म

                                                         मिति: २०६२।२।२४
म एक आँटिलो देशभक्त योद्ध हूँ ।
म शान्तिको पक्षपाती देशभक्त हूँ ।
म देशको रक्षाको निम्ति खटिरहनेछु ।
म शान्तिको परेवा उडेको हेर्न चाहन्छु । 


म नेपाल आमाको आँशु पुछ्न चाहन्छु ।
कठिन अवस्थमा पनि देशको निम्ति लड्नेछु ।
म वीरताको इतिहासलाई सत्य तुल्याउनेछु ।
म मेरै छातिमाथि सूर्य चन्द्रा फर्फराउनेछु ।


म मरे पनि हाँसेर बाँच्‍नेछ मेरो देश ।
हाँसेरै श्रद्धाञ्‍चली दिन तयार छ मेरो देश ।
जन्म भुमिको निम्ति यो तन समर्पण गर्नेछु ।
यो शरीरको माया त्यागी धर्म युद्धमा मर्नेछु ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: