के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

देश र बालबालिकाको अवस्था Desh ra balbalikako awastha


देश र बालबालिकाको अवस्था
                                                     मिति: २०६२।०३।०१
आज हाम्रो देशमा चलिरहेको छ क्रान्ति ।
हामी बालबालिकाको दुखेको छ मति ।
भविष्यको विकास गर्ने ती साना हातहरु ।
कुर्शीको स्वार्थी युद्धमा बालबालिका प्रयोग नगरु ।


आज स्कूल जान सक्ने समय छैन ।
मैले देश फोट्ने काम गर्न जानेको छैन ।
झोला बोकी स्कूल जाने समयमा ।
देश फोट्ने बारुद नदिनु हातमा ।


त्यो वम गोलाको कालो कालो धुँवा जस्तै ।
कथा कविता लेख्‍नेलाई छैन आज हातै ।
मेरो देश र म आँशुको खोला बगाएर रोइरहेछु ।
कसले गरेर होला म र मेरो देश रोइरहेछु ।


शिक्षा लिने त्यो विद्यालयमा छ काल ।
स्कूल गए पछि घर आउँछु भन्‍ने समय छैन हाल ।
निलो मसी चलाउँने कलिला ती हातहरु ।
बोक्न नलगाउँनु देश फोट्ने गोला र बारुदहरु ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: