के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

बुद्ध तिमी फेरि फर्की आऊ है Buddha timi pheri pharki aaoo hai


 बुद्ध तिमी फेरि फर्की आऊ है
                                                              मिति: २०६२।०२।२६
आज हरेक नेपालीको मुखैमा छ शान्ति ।
टाढा किन गएको बुद्ध तिमी लिएर शान्ति ।
तिमी गए देखी देशमा शान्ति पनि छैन ।
तिम्रो पूजा गर्ने गुम्वा नभएको होइन ।


शान्ति भूमिमा आज बग्दैछ रगतको खोला ।
बुद्ध तिमी फर्केर आएन भने के होला ।
बुद्ध तिमी फर्की आऊ र ल्याऔँ शान्ति ।
तिम्रो उपदेशले हटाई देऊ यो क्रान्ति ।


तिमीलाई आफ्नो भुमिको माया लागोस् ।
शान्ति भूमिको पवित्र देशमा क्रान्ति नहोस् ।
बुद्ध तिमी फर्की आऊ नत्र वात लाग्नेछ ।
तिमी जन्मेको देशमा युद्ध र क्रान्ति हुनेछ ।


तिमी गए देखी नेपाली रोइरहेछ ।
तिमी फर्की आयो भने सबै हाँस्‍नेछ ।
अब भोलि नै शान्ति लिएर आऊ है ।
बुद्ध तिमी फेरी फर्की आऊ है ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: