उदय भयो नयाँ विहान, क्षितिज पारिको ठाउँबाट ।
युगलाई बदल्न चाहन्छु म, विचारको क्रान्तिबाट ।
निरंकुश र सामन्तीको, डटेर गर्छु म सामना ।
विचारको क्रान्तिबाट युगलाई, बदल्ने मेरो चाहना ।
विचारको प्रखर क्रान्तिकारी, विचारको स्वाभिमान हुन्छ ।
उसको एक वचनबाटै, लाखौ उदयमान हुन्छ ।
साथमा हुन्छ राष्ट्र र जाति, अनि माथमा सार्वभौम ।
युगलाई बदल्न लड्छु म, विचारको रणसंग्रम ।
म हूँ विचारको क्रान्तिकारी, कुरितको सहनीय हुन्न ।
सुन चाँदी हिरा मोती, ऐश-आरामले मलाई छुन्न ।
जननी र जन्मभुमिलाई, शिरमा राखेर गर्छु मान ।
युग बदल्न जङ्ग लड्छु, चाहे जाओस् मेरो प्राण ।
बगि रहेछ नसानसामा, वीरवीराङ्गानाको तातो रगत ।
स्वतन्त्र थियो स्वतन्त्रै राख्छौँ, यो हाम्रो अटल जगत ।
रक्त पसिना दिन्छु आफ्नो, ज्यानको माता त्यागी ।
गर्छु अग्नियात्रा खुकुरीको, धारमा मुटु राखी ।
No comments:
Post a Comment