मेरो राम राज्यमा रावणको शासन हुने भो ।
यहि जन्मे हुर्केको म तिम्रो कानून मलाई फाँसी भो ।
तिमीलाई मेरो खबरदारी व्यङ्ग्य र हाँसो मात्र भो ।
मेरो भोट तिमीलाई कुकुरलाई हड्डी पैँचो भो ।
मेरो देश मलाई नै सैतानको कैद जस्तो भो ।
मुक्तिदाता सोचेथे तिमीलाई तर अवसरवादी भो ।
मेरो कोमल विश्वासममा महा विश्वासघाती भो ।
सुरक्षा कवाज सोचेथे तर मलाई नै खतरा भो ।
धेरै आश गरेथे तर हाँडी गाउँको जात्रा मात्र भो ।
देखेथे सपना नयाँ युगको उठ्दा त पुरानै भो ।
दरिलो भाषण गर्यो तर कार्य त कुरै मात्र भो ।
No action केवल हरामखोर भाषण मात्र भो ।
लोकतन्त्रमा पनि सामन्तीकै शासन मात्र भो ।
जोगी त उही हो आवाज मात्र नौलो भो ।
रोग त उही हो केवल विरामी फरक भो ।
No comments:
Post a Comment