आयो वीर गोर्खाली, परेड खेल्दै ।
नालापानी र देउथलको, गाधा बोकेर ।
काँगडा किल्ला फर्फराउने, झन्डा बोकेर ।
मित्रका फूल हामी, शत्रुका काल ।
शत्रुका बज्र सहन्छौँ, बनेर ढाल ।
रणभूमिमा उत्रिन्छौँ, शेरझैँ गर्जेर ।
दुश्मनलाई धपाउछौ मेघझैँ गर्जेर ।
वीरताको धरहरा, जङ्गी पहरा ।
गर्छौ सेवा पुगेर, कुना कन्दरा ।
कन्दराको पुत्र हामी, वीरका सन्तति ।
तातो गोली सहने, वीरका यी छाती ।
कसैले हाँक लिएमा, आँधी रुप लिन्छौ ।
दास बन्नु भन्दा त, आगो सहन्छौ ।
प्राण भन्दा प्यारो ठान्छौ, देशको माटो ।
विविध जातका भए पनि, हिँड्छौ एक बाटो ।
No comments:
Post a Comment