पृथ्वी जस्तो वीरताले छोडिएको ।
हाम्रा पूर्खा मेची देखि काली सम्म धाउने ।
हामी किना? सबै सामु झुकिएर बस्ने ।
तिमी पनि पूर्खाको जस्तै खुट्टा चाल्न थाल ।
अनि मात्र सबले चिन्छ हामी र हाम्रो नेपाल ।
पूर्वमा बग्छ मेची अनि पश्चिममा काली ।
हरियो चनमा फूल्छ अनि गुराँसको लाली
पूर्खाले जस्तै चारै दिशा हिँड्ने खुट्टा छ ।
खुकुरीकि कथा लेख्न अझैँ बाँकी छ ।
काँगडाको सन्तान अझैँ मरेका छैनन् ।
देश भक्त नभएको होइन अझैँ बाँकी छन् ।
त्यो बाघको डमरु अझैँ जीउँदो छ ।
मेरो छाती पहाडले बनेको छ ।
इतिहासमा प्रष्ट छ पल्टाइर हेर ।
डमरु ठूलो भएर भइसके शेर ।
माटोले नमागे पनि लडेरै दिनेछौँ ।
लड्छौँ, जीन्छौँ यही माटोमा मर्छौँ ।
जन्मभुमिको लागि यो शरीर अर्पण गर्नेछौँ ।
तनको माया त्यागी युद्धभूमि मै मर्नेछौँ ।
No comments:
Post a Comment