के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

अग्रगामी बनौँ गोरखाली Agragami banou-Aisingh Dimdung Tamang tamandas


अग्रगामी बनौँ गोरखाली

                                                                      मिति: २०६१
बगी जाने पानी होइन नेपालीको रगत ।
वीर गोरखालीले भरिएको जगत ।
हामी फुटे गोरखाली शान विश्व सामु झुक्छ ।
हामी जुटे सारा विश्व हामी सामू झुक्छ ।


क्रान्तिमा शान्ति दूत बुद्ध खुशी हुन्न ।
दाजुभाइ मारेर कोही वीर हुन्न ।
थोपा थोपा पानी सागर बन्छ बन्छ ।
काँधमा काँध हातमा हात मिले देश बन्छ ।


गोला बारुद बन्दुकमा देश विकास हुन्न ।
जन्म दिने धर्ती माता कहिल्यै खुशी हुन्न ।
हातेमालो गरेर जागौँ सारा नेपाली ।
नाचौँ गाऔँ हासौँ हामी रक्तपथ फाली ।


भाषा र संस्कृतिको गर्नु पर्छ बचाऊ ।
रक्त पसिना दिइ आफ्नो राष्ट्रलाई सजाऊ ।
नाङ्गो डाँडापाखामा फूलाउँनु छ गुराँस ।
परिश्रम गरेर हामीले छुनु छ आकाश ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: