आँगनीमा आउँछ्यौँ तिमी मसंग खेल्दैनौँ ।
तिमीसंग खेल्न चाहने ठूलो छ मेरो रहर ।
भाँडाकुँटी खेलौँ हामी उड्ने कोशिश नगर ।
खेल्ने कुरा धेरै छ आउँन पुतली ।
तिम्रो नाम पुतली मेरो त चमेली ।
म भन्दा नि सानी छे बहिनी भनु की ।
नखल्ने भए मसंग किन आएकी ।
मसंग बोल्यो भने मिठाई किनी दिन्छु ।
मसंग बोलेन भने आमालाई भन्दिन्छु ।
साथी छैन मेरो नि आउँन खेल्नलाई ।
मलाई पनि सिकाउँन तिमीझैँ उड्नलाई ।
तिमी जस्तै नाच्न सिकाऊ प्यारी पुतली ।
संगै मिली खेलौन हामी आउँन पुतली ।
मसंगै खेल्न आउँछे माथिको जूनकीरि ।
मसंग नखेल्ने तिमी त रैछ्यौँ निष्ठुरी ।
No comments:
Post a Comment