के लिएथे लक्ष्य तानिहाल्यो मलाई शिखाले । स्यवम् सफलताले तानिरहेछ त छेक्दैन मलाई रेखाले । डिम्डुङ १६

༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻ ༺ ༀ་ མ་ཎེ་ པདྨེ་ ཧཱུྃ་ ༻

11 January 2013

आमा Aama




आमा

                                                     मिति: २०६३।०३।०५
जगतमा आउँदाको पहिलो शब्द आमा ।
मलाई जन्म दिने मेरी प्यारी आमा ।
छोराछोरी दुवैलाई उस्तै माया र सम्मान ।
यो संसारमा जन्म दिने आमा धेरै महान् ।


धर्तिमा आमाको निम्ति ठूलो उसकी सन्तान ।
आमाको चाहना सन्तानलाई पुर्‍याउँने गगन ।
हाँस्यो रोयौँ आमाको कोमल त्यो मायामा ।
खेल्यो हुर्क्यो माताकै न्यानो त्यो काखमा ।


कस्तो ठूलो उहाँको माया र ममता ।
कहिल्यै विर्सन सक्दिन कसैले नि माता ।
एकछिन देखेन भने खोज्नुहुन्छ जतातता ।
त्यो माया देख्दा भुल्छु म कताकता ।


आमामा हुन्छ नि:स्वार्थ भावना ।
को होला भुल्ने आमाको सम्झना ।
सबै चीज सम्भव छ खोजे जगतभरी ।
तर जन्म दिने आमा भेटिन्न केही गरी ।

आइसिंह डिम्डुङ तामाङ "तामाण्डास"

No comments: